वैशाख ३०, २०७४- मतदाता परिचयपत्र लिएर फर्किरहेका मतदाताहरुलाई बाटोमा कुरेर खुकुरी देखाई तर्साउने र मत माग्ने एमाले कार्यकर्ता अर्जुन अधिकारीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
गल्छी–८, पालडाँडामा फर्कंदै गरेका मतदातालाई खकुरी देखाएर तर्साउने गरेको सूचना पाएपछि गस्तीमा गएको सशस्त्र प्रहरीले निजलाई पक्राउ गरी खानतलासी गर्दा खुकुरी बरामद भएको प्रहरीले जनाएको छ । निजसंग रहेको ना२च १९८ नम्बरको ल्याण्डक्रुसर गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । हतियार बोकेका अन्य ५ जना कार्यकर्ता मोटरसाइकलमा भागेका छन् ।
निर्वाचन अवधीमा निषेध गरिएका घरेलु हातहतियार लिएर हिँडने जो कसैलाई पनि पक्राउ गरी सार्वजनिक मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाले बताए । पक्राउ परेका एमाले कार्यकर्ता अधिकारीलाई बैरेनीस्थित प्रहरीचौकीमा राखिएको छ ।
यसै गरी स्थानीय प्रशाासनको स्वीकृत बेगर हेलिकप्टर उडाउने पाइलटलाई नियन्त्रणमा लिन उर्दी जारी गरिएको छ । जिल्लाका उत्तरी भेगमा पूर्वगृहमन्त्री बुद्धिमान तामाङले स्थानीय प्रशाासनको अनुमति बेगर यसै साता ५ पटक हेलिकप्टर चार्टर गरी पुगी सकेका छन् ।
Saturday, May 13, 2017
Subscribe to:
Post Comments (Atom)
About Me
Archive
-
▼
2017
(20)
-
▼
May
(20)
- अब ७६६ स्थानीय तह
- शिक्षण छाडेर राजनीति
- ६ अर्ब घोटालामा ४ लाख धरौटी
- १९ जिल्लामा स्थानीय तह थप्ने तयारी
- युवाको प्राथमिकता शिक्षा र कृषि
- tnis motion
- यार्चाकुन्भु टिप्न जाने तयारी सुरु
- चुनावका नौला रेकर्ड
- गोरखाको सहिद लखन गाउँपालिकाबाट माओवादीले खाता खोल्यो
- विक्रमको हत्या
- ललितपुरकी कान्छी रञ्जुले चुनाव जितिन
- मतपेटिका लुट्ने क्रममा ७ प्रहरी घाइते, एक गम्भीर
- खुकुरी देखाई मतदाता धम्क्याउने एमाले कार्यकर्ता पक...
- २० वर्षपछि स्थानीय चुनाव
- यस्ता छन् मतदाताका माग
- टेन्डरबिनै २ अर्बको बल्ब किन्दै प्राधिकरण
- शिक्षित भएर भोट हाल्ने गरौ
- अस्पताल सुधार गर्न ८३ करोड
- डेढ दशकपछि जनप्रतिनिधि
- परिवारभित्रै प्रतिस्पर्धा
-
▼
May
(20)
Archive
-
▼
2017
(20)
-
▼
May
(20)
- अब ७६६ स्थानीय तह
- शिक्षण छाडेर राजनीति
- ६ अर्ब घोटालामा ४ लाख धरौटी
- १९ जिल्लामा स्थानीय तह थप्ने तयारी
- युवाको प्राथमिकता शिक्षा र कृषि
- tnis motion
- यार्चाकुन्भु टिप्न जाने तयारी सुरु
- चुनावका नौला रेकर्ड
- गोरखाको सहिद लखन गाउँपालिकाबाट माओवादीले खाता खोल्यो
- विक्रमको हत्या
- ललितपुरकी कान्छी रञ्जुले चुनाव जितिन
- मतपेटिका लुट्ने क्रममा ७ प्रहरी घाइते, एक गम्भीर
- खुकुरी देखाई मतदाता धम्क्याउने एमाले कार्यकर्ता पक...
- २० वर्षपछि स्थानीय चुनाव
- यस्ता छन् मतदाताका माग
- टेन्डरबिनै २ अर्बको बल्ब किन्दै प्राधिकरण
- शिक्षित भएर भोट हाल्ने गरौ
- अस्पताल सुधार गर्न ८३ करोड
- डेढ दशकपछि जनप्रतिनिधि
- परिवारभित्रै प्रतिस्पर्धा
-
▼
May
(20)
0 comments:
Post a Comment